उद्यमशीलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैन: प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताउनुभएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्यमशीलताबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गर्नुभयो । सरकारी रोजगारीले एक प्रतिशतलाई मात्रै धान्नसक्ने अवस्था रहेको बताउनु भयो ।

हरेक वर्ष बजारमा ५ लाख युवाहरु रोजगारीका लागि आउने गरेको बताउनु भयो । रोजगारीको समस्या समाधान गर्न उद्यमशिलता विकासको विकल्प नरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले शिक्षालाई सीप, उत्पादकत्व वृद्धि र जीवनसँग जोडेर लैजानुपर्ने बताउनु भयो ।

1749038119 Juc8h

June 4, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको