काठमाडौं । आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ नेपालसहित विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घले आह्वान गरे बमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
राष्ट्र सङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा विसर्जन हुने गरेको छ । आज गैरकानुनीरूपमा माछा मार्नेविरुद्धको सङ्घर्ष दिवस पनि हो । राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

June 5, 2025, Jyotishsanchar press

