तीन दिने विपद् अनुशिक्षण तालिम बनेपामा सम्पन्न

बनेपा । बनेपा नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल, १५ नं. गण, काभ्रेले आयोजना गरेको ३ दिने विपद् अनुशिक्षण तालिम तथा विपद् सूचक कार्यक्रम सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै आगामी दिनमा थप विपद् व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । तालिममा १४ वटै वडाबाट ७४ जनाको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बलका प्रशिक्षकहरूले विपद् अवधिमा अपनाउनुपर्ने सावधानी र विपद् सूचनाको संकलन तथा व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले “विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आगामी वर्षमा थप बजेट विनियोजन गर्दै स्वयंसेवक तालिमको निरन्तरता दिइने बताउनु भयो ।

Unnamed File.png

June 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको