महर्षी फाउण्डेशनद्वारा बनेपामा विचार गाेष्ठी

बनेपा । सामाजिक विकृति–विसंगति र मानसिक चिन्तालाई न्यूनीकरण गर्ने उद्देश्यले बनेपामा शनिबार एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

महर्षी फाउण्डेशनले आयोजना गरेको भावातित ध्यानको औचित्य र आवश्यकताका बारेमा प्रकाश पार्नुहुँदै माधवप्रसाद अर्यालले योग र ध्यानका विषयमा चर्चा गर्नुभएको थियो ।

विशिष्ट अतिथि प्राडा विद्यानाथ कोइरालाले चिन्तालाई चिन्तनमा परिणत गर्न सकेमा मात्र मानिसलाई मुक्तिको मार्गमा लैजान सक्ने सम्भावना रहेको बताउनु हुँदै जीवन कर्कलाको पानी जस्तै छ, कर्कलाको पातको पानी पातमा छ तर पात त्यसमा अडिग छैन बिषयमा चर्चा गर्नु भएको थियो ।

प्रमुख अतिथि दीपकप्रकाश बास्कोटाले वेदको मर्म बुझ्न जरुरी रहेकाे बताउनुभयाे । वेद मानिसको मार्ग निर्देशक हो भन्नुहुँदै उहाँले वेदले बताएको अष्टांग योग मध्ये ज्योतिष र वास्तु पनि एक भएकाे बताउनुभयाे । उहाँले जसको घरमा वास्तु बिग्रेको हुन्छ त्यो घरमा शान्ति नहुनेमा जाेड दिनुभयाे । त्यसैले वास्तुको महत्वपूर्ण भूमिका रहेको उहाँकाे भनाइ थियाे ।

507985676 24782080328059194 7791039500252397495 N

June 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको