जिल्ला समन्वय समिति काभ्रेकाे समीक्षा तथा आठौं जिल्ला सभा सम्पन्न

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले जिल्लामा रहेका ६ नगरपालिका र ७ गाउँपालिकाले एक वर्षमा गरेका कामहरुको समीक्षा सार्वजनिक गरेको छ । मंगलबार धुलिखेलमा आयोजना गरेको आठौं जिल्ला सभा तथा चालु आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रममा पालिकाहरुको कार्यप्रगति सार्वजनिक गरिएको हो ।

जिल्ला समन्यव समिति प्रमुख दीपककुमार गौतमले समीक्षा सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु पनि प्रस्तुत गर्नुभयो ।

काभ्रे क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद गोकुल बाँस्कोटा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रदेश सांसदहरु, १३ वटै पालिकाका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाअध्यक्षलगायत विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गर्ने पालिकाहरुलाई सम्मान पनि गरिएको थियो ।

Ji Sa Sa 6

June 17, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको