बनेपा नगरपालिकाले सार्वजनिक गर्याे नीति, कार्यक्रम तथा बजेट

काभ्रे । बनेपा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

नगरसभाको १६ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्तुत गरिएकाे हाे ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शान्तिरत्न शाक्यले स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सीपमा आधारित उद्यम विकासलाई प्रोत्साहन गरिने बताउनुभयाे । उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको ज्ञान, सीप, र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै नगर क्षेत्रभित्र रात्रिकालिन व्यवसाय सञ्चालनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक समन्वय गरिने नगरपालिकाले जनाएको छ ।

सहकारी संस्थाहरुको साख जोगाउन तथा बचतकर्ताहरुको बचतको सुरक्षा प्रत्याभुतिका लागि कानुन विपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने छ भने निष्कृय रहेका सहकारीलाई खारेज गरिने नगरपालिकाले जनाएकाे छ । नयाँ सहकारी दर्ता नगर्नेसमेत नगरपालिकाले नीति लिएको छ। नगरभित्र सञ्चालित विद्यालयहरु मध्ये कक्षा ५, ८, १० र १२ को नतिजाको आधारमा बढीमा ४ वटा विद्यालयलाई नगदसहित मेयर उत्कृष्ट शैक्षिक पदकबाट सम्मान गरिने कार्यक्रम सञ्चालन हुनेछ ।

बनेपाको अभियान, प्रतिभा पहिचानका लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ भने एक वडा एक खेल मैदान योजनालाई निरन्तरता दिइएको छ । सबै स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था बनाइनेछ ।

509342279 1870075787103847 935549026722097521 N

June 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको