आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ५१ पैसा र बिक्री दर १३९ रुपियाँ ११ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ७९ पैसा र बिक्रीदर १५९ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपियाँ २९ पैसा र बिक्रीदर १८६ रुपियाँ नौ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ १९ पैसा र बिक्रीदर १६९ रुपियाँ ९३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ३७ पैसा र बिक्रीदर ८८ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ४८ पैसा र बिक्रीदर १०० रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ १२ पैसा र बिक्रीदर १०७ रुपियाँ ५९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपियाँ आठ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २० पैसा र बिक्रीदर चार रुपियाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २५ पैसा र बिक्रीदर ३२ रुपियाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर १० रुपियाँ, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २२ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ २९ पैसा र बिक्रीदर २१ रुपियाँ ३८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६४ पैसा र बिक्रीदर १७ रुपियाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ छ पैसा र बिक्रीदर ४५४ रुपियाँ दुई पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ११ पैसा र बिक्रीदर ३६८ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६१ रुपियाँ ३० पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

Dolor

June 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको