पनौतीको स्थगित नगर सभा भाेलि

काभ्रे । पनौती नगरपालिका नगर सभाको सत्रौं अधिवेशन साेमबार स्थगित भएपछि बुधबारका लागि सारिएकाे छ ।

स्विकृत कार्यसूची र समयतालिका बमोजिम उपस्थिती पुस्तिकामा जनाइएको हाजिरीका आधारमा सभा सञ्चालनका लागि आवश्यक गणपुरक संख्या नपुगेकाले सभा स्थगित गर्नु परेकाे नगर प्रमुख रामशरण भण्डारीले बताए । अर्को बैठक असार ११ गते बुधबार बस्नेगरी स्थगित भएको उनले जानकारी दिए ।

साेमबार आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट पारित गर्ने कार्यसूची भएपनि बजेटको सिलिङका विषयमा कुरा नमिल्दा अन्तिम समयमा नगर सभा स्थगित भएको थियाे।

कार्यपालिकाले गरेको निर्णय नगर प्रमुखले उल्ट्याएको भन्दै एमालेबाट निर्वाचित नगर सभा सदस्यहरु अनुपस्थित भएका थिए । उपप्रमुख गीता बञ्जाराले भने कार्यपालिकाले स्विकृत गरेको नीति, कार्यक्रम र बजेट नगर प्रमुखले नमान्दा समस्या उत्पन्न भएको बताइन् ।

कार्यपालिकाले निर्णय गरेको पारित गरेको बजेट सिलिङभन्दा ४ करोड ८५ लाख थपिएर आएको उनकाे भनाइ थियाे । कार्यपालिकाले १ अर्ब ६१ करोड ११ लाख ११ हजार रुपैयाँको बजेट ल्याउने सहमति भएकोमा थपिएका विषय पुनः कार्यपालिकाले निर्णय गर्नुपर्ने उनको माग छ ।

Screenshot 2025 06 24 064453

June 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको