काठमाडौं । आज मंगलबार ७५३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउँदैछन् ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार आज सबै तहले बजेट ल्याउन लागेका हुन् । ऐनमा असार १० गते स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने व्यवस्था रहेको छ ।
स्थानीय तहले बजेट ल्याउँदा संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी ल्याउने गर्दछन् । संघीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याइसकेका छन् ।

June 24, 2025, Jyotishsanchar press

