सुनको मूल्य आज १ हजार ७०० ले घट्याे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबारको तुलनामा आज सुनको मूल्य तोलामा १७०० रुपैयाँले घटेको हो ।

साेमबार छापावाल सुन एक तोलाको १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएकाे छ । यस्तै चाँदीको मूल्य २ हजार १६० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि आज १० रुपैंयाँले घटेकाे हो ।

Gold

June 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको