खानीखोलाको ५२ करोड २३ लाखको बजेट पारित

काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाको सत्रौं गाउँ अधिवेशन सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५२ करोड २३ लाख ३२ हजार ३५३ बराबरको बजेट सर्वसम्मतरूपमा पारित गरिएको छ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ को अध्यक्षतामा बसेको अधिवेशनले नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको हो। चालु आर्थिक वर्षको मूल प्राथमिकतामा गर्भवती महिलाको स्वास्थ्य सुधारलाई प्रमुखरुपमा राखिएको छ।

खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले आर्थिक वर्ष २०८२/०८३ को बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो। बजेट प्रस्तुत गर्ने क्रममा उहाँले गाउँपालिकाको विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र औद्योगिकरण लगायतका प्राथमिकतामा बजेट विनियोजन गरिएको जानकारी दिनुभएको थियो। यो बजेट सत्रौं गाउँसभाबाट सर्वसम्मतरूपमा पारित भएको थियो।

509694099 2181645545581691 5326429886529865499 N

June 24, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको