पाँचखाल नगरपालिकाकाे बजेट ८२ करोड ५१ लाख

काभ्रेपलाञ्चोक । जिल्लाको पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८ सय २ रुपैयाँको बजेट ल्याएको छ।

मंगलबार नगर सभाको १७ औं अधिवेशनमा नगरप्रमुख महेश खरेलले नीति तथा कार्यक्रम र उपप्रमुख सूर्यमाया दनुवारले बजेट सार्वजनकि गर्नुभएको हो । जसमा चालुतर्फ १५ करोड, पुँजीगत तथा कार्यक्रम खर्चका लागि २९ करोड ३६ लाख ८८ हजार ८०२ विनियोजन गरिएको छ ।

यस्तै सशर्त योजना कार्यक्रम समपुरक विशेषतर्फ ३८ करोड १४ लाख ९६ हजार विनियोजन भएको उपप्रमुख दनुवारले जानकारी दिनुभयो । जसमा बजेटको अनुमानित स्रोतमा संघीय सरकार सशर्त अनुदान २८ करोड ५२ लाख, संघीय सरकार समपूरक अनुदान पुँजीगतबाट ९० लाख, प्रदेश सरकार सशर्त अनुदानबाट २ करोड ६७ लाख ९६ हजार प्राप्त हुने अनुमान छ ।

513090744 1526904905354870 3483542150566569917 N

June 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको