नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घट्याे

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको गिरावट देखिएको छ।

बुधबार नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर दुई हजार ६०० दशमलव २० को विन्दुमा कायम भएको हो।

आज तीन सय ११ कम्पनीको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा विकास बैंक शून्य दशमलव ०२, होटल तथा पर्यटन एक दशमलव ४३, जलविद्युत् शून्य दशमलव ६७, जीवन बीमा शून्य दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव ०९ र निर्जीवन बीमा शून्य दशमलव १० प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै वुटवल पावर कम्पनी लिमिटेडको ५३ करोड ९४ लाख ५७ हजार ३२६ बराबरको छ लाख ५४ हजार २९० कित्ता शेयर किनबेच भएको छ।

Nepse Down

June 25, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको