नेप्सेको ओरालो यात्रा आज पनि कायमै

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक आज ४.४५ अंकले घटेर २ हजार ५९५.७४ विन्दुमा झरेको छ। अघिल्लो दिन नेप्से ०.३३ अंकले घटेर २६००.२० विन्दुमा अडिएको थियो।

आज कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ । यसदिन ३०६ स्क्रिप्सको १ करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँमा खरिदबिक्री भए।

बुधबार ५ अर्ब ९४ करोड मूल्य बराबरको शेयर कारोबार भएको थियो ।

Nepse Down

June 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको