काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा २९०० रुपैयाँले घटेको हो ।
बिहीबार छापावाल सुन एक तोलाको १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा आज १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएकाे छ ।
यस्तै चाँदीको मूल्य २ हजार १६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि आज १० रुपैंयाँले घटेकाे हो ।

June 27, 2025, Jyotishsanchar press

