काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताउनुभएको छ।
चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो । नेपाली काँग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् ।
सोही प्रसंगमा सञ्चारकर्मीहरुको जिज्ञासामा सभापति देउवाले समयमै काँग्रेस महाधिवेशन हुने बताउनु भयो । सभापति देउवाले बजेटमा टेक एण्ड पेको सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलोरुपमा हेर्न नहुने बताउनु भयो ।

June 27, 2025, Jyotishsanchar press

