पर्सा। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ ।
सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० गतेसम्मको अवधिमा भने तीन करोड ९० लाख ४४ हजार छ सय ६ मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले गत आव भरिको तुलनामा चालु आर्थिक वर्षको ११ महिना १० दिनको अवधिमा भन्सार छली गरेर भित्राइने वस्तु तथा सामानको बरामद उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिए ।

June 28, 2025, Jyotishsanchar press

