काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।
जस अन्तर्गत बिहान ८ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश र न्यायपरिषद्का सदस्यको सुनुवाइ गर्ने कार्यसूची छ ।
यस्तै बिहान साढे ८ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने, बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूबाट प्रश्तुतिकरण र छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गराउनुहुने सदस्यहरुसँग छलफल गर्ने कार्यसूचि रहेको छ ।
त्यस्तै बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

June 29, 2025, Jyotishsanchar press

