चार वटा संसदीय समितिका बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिका बैठक बस्दैछन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल हुँदैछ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक बिहान साढे ८ बजे सुरु हुनेछ ।

संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक पनि आजै बस्दैछ । बैठकमा सर्वोच्च अदालतका सुनुवाइ हुन बाँकी प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ गर्ने कार्यसूची छ । । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुँदैछ । बैठक बिहान ११ बजे बस्नेछ ।

Samsad20sachiwalaya Bf1z3ahqxp 9avvvbo5dema7uznuhikje9e3y6dfppddu1shb9ybinjhfsvekinszqqti6r Zlctu0adpd Hwpit3bjxvgvyhhhsem1ra8zt0qa6cix5mllxy9pykpgerc72innthudm28g

June 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको