सडकमाथिबाट आएकाे लेदाेले अवरुद्ध बीपी राजमार्ग एकतर्फी सुचारु

काभ्रे । काभ्रेकाे रोशी गाउँपालिका-९ नार्केस्थित बीपी राजमार्ग सडक खण्डमा अविरल बर्षाका कारण सडकमाथिबाट लेदो आई सडक दुबैतर्फी अवरोध भएकाे छ ।

साँझ ५ बजेतिर सडक दुवैतर्फ अवरुद्ध भएकाे थियाे । त्यस लगत्तै उक्त स्थानमा इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी टोली गई सडक विभागको जेसिबीद्वारा लेदो पन्छाउने कार्य भइरहेको छ ।

करिब २ घन्टाकाे प्रयासपछि अहिले एकतर्फी यातायात सुचारु भएकाे जिल्ला प्रहरी कार्यालय, काभ्रेले जानकारी दिएकाे छ । यद्यपी यहाँ जाखिम कायमै भएकाे र लेदाे पन्छाउने काम जारी रहेकाे पनि प्रहरीले जनाएकाे छ।

तस्बीरः जिल्ला प्रहरी कार्यालय, काभ्रे

Whatsapp Image 2025 06 30 At 19.01.47

June 30, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको