आयल निगमले पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा ४ रुपैयाँले भाउ बढायाे

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

भाउ बढेपछि काठमाडाैं, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४९ रुपैयाँ पुगेको छ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ एक सय ६४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ एक सय ४८ रुपैयाँ पुगेको छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा भने पेट्रोलको भाउ एक सय ६२ रुपैयाँ ५० पैसा तथा मट्टीतेल र डिजेलको भाउ एक सय ४६ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरी हवाइ इन्धनको भाउ पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ ।

Nigam Oil

July 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको