काठमाडाैं । सत्ता साझेदार दल नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि जारी छ ।
बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा संघ सरकार र प्रदेश सरकारले ल्याएको बजेटको समीक्षा, सरकारको कार्य उपलब्धीबारे समीक्षा हुनेछ ।
सदस्यता नवीकरण, विदेशस्थित सम्पर्क मञ्च, १०० दिने अभियान लगायतका विषयवस्तुहरुमा केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् ।

July 1, 2025, Jyotishsanchar press

