मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजित शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले कानूनको कार्यान्वयन, सुशासन र विधिको शासनलाई प्रभावकारी बनाउन गृह मन्त्रालय मातहतका निकायहरु सक्रिय रहेको बताउनुभएको हो ।

उहाँले सबै सुरक्षा निकाय न्युनतम स्रोत साधनमा सीमित भए पनि अपराध नियन्त्रण, अनुसन्धान तथा अभियोजनका कार्यमा दत्तचित्त भएर लागिरहेको बताउनु भयो ।

लेखकले आगामी आर्थिक वर्षका लागि बजेटमा दुवै सुरक्षा निकायको पूर्वाधार विकासका ४० करोड रुपैयाँ विनियोजन गरिएकोसमेत बताउनु भयो । संघ, प्रदेश र स्थानीय तहको आपसी सहकार्यमा सुरक्षा निकायका भौतिक पूर्वाधार विकास गर्न साझेदारीमा काम गर्ने योजना अघि बढाएको उहाँको भनाइ छ ।

1751363922 Wveaf

July 1, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको