सुनको मूल्य १ हजार २०० ले बढ्याे

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुन एक तोलाको १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९१ हजार ७०० रुपैयाँ कायम भएकाे छ ।

यस्तै चाँदीको मूल्य २ हजार १४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज १० रुपैंयाँले घटेकाे हो ।

Gold

July 2, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको