पनाैती नगरपालिका वडा नम्बर ८ बालमैत्री वडा घोषणा भएकाे चार वर्ष पूरा

काभ्रे । पनाैती नगरपालिका वडा नम्बर ८ बालमैत्री वडा घोषणा भएकाे चार वर्ष पूरा भएकाे छ । यस अवसरमा बुधबार भालेश्वर उच्च माविमा आयाेजित एक कार्यक्रममा वडाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सम्मान र छात्रवृत्ती प्रदान गरिएकाे छ ।

पनौती नगरपालिका वडा नम्बर ८ मा बालमैत्री स्थानीय शासन अभियान अन्तर्गत बालमैत्री वडा घोषणाको चौथो वार्षिक उत्सव समारोहका प्रमुख अतिथी नगरप्रमुख रामशरण भण्डारी हुनुहुन्थ्याे । यस्तै विशेष अतिथी गीता बञ्जारा हुनुभएकाे कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष वेदप्रसाद बञ्जाराले अध्यक्षता गर्नुभएकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख भण्डारीले यस अभियानमा साथ दिने सबैलाई धन्यवाद प्रदान गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनु पर्नेमा जाेड दिनुभयाे । उपप्रमुख बञ्जाराले बालबालिकामा लगानी गर्न सकिए मात्र यसकाे नतिजा राम्राे आउने बताउनुभयाे । नगरले निःशुल्क शिक्षा लागू गरेकाे उल्लेख गर्दै उहाँले पनाैती देशकै दाेस्राे बालमैत्री नगर भएकाे जानकारी दिनुभयाे ।

विभिन्न सांस्कृतिक कार्यक्रमले समाराेश थप राेचक बनेकाे थियाे । कार्यक्रमका सभापति वेदप्रसाद बञ्जाराले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गर्नुभयाे । कार्यक्रम वडा नम्बर ८ कि सहजकर्ता गीता थापाले संचालन गर्नुभएकाे थियाे । कार्यक्रममा नगरकार्यपालिका सदस्यहरु, वडा सदस्यहरू ,विद्यालयहरुका प्रधानाध्यापकहरु, स्वास्थ्य शाखा प्रमुखहरु, बालमैत्री सम्पर्क शिक्षकहरु, पत्रकारहरु, सिबिन नेपाल, बाल संजालका सदस्यहरू, बालमैत्री वडा समिती तथा बाल अधिकार वडा समितिका सदस्यहरू, कर्मचारीहरूको उपस्थती रहेको थियो । कार्यक्रममा १५ जना विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ती उपलब्ध गराई सहयोग पुर्याएकोमा सिविन नेपालप्रति आभार व्यक्त गरियाे ।

1751502946 Flt36

July 3, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको