काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट विधि आगामी आइतबारको सचिवालयबाट टुंग्याउने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँले उपनिर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्ने प्रस्तावमाथि व्यापक छलफल भएको बताउनु भयो । बैठकमा प्राप्त सुझावका आधारमा उम्मेदवार छनोट कार्यविधि टुंग्याइने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग कायमै राख्ने निर्णय पनि गरेको छ । उहाँले बैठकले छानबिन प्रक्रियालाई निष्पक्ष र विश्वसनीय बनाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान पुनः दोहोर्याएको बताउनु भयो ।

July 4, 2025, Jyotishsanchar press

