धुलिखेल । बीपी राजमार्गबाट भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधन एक महिनाका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म निषेध गरिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले आज एक सूचना प्रकाशित गर्दै यसकाे जानकारी दिएकाे हाे । याे निर्णय असार २२ गतेदेखि एक महिनासम्म लागू हुने काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेकाे सूचनामा उल्लेख छ ।

July 4, 2025, Jyotishsanchar press

