काभ्रेकाे महाभारत र सजिलो नेटबीच पालिकामा इन्टरनेट जडान गर्ने सहमति

काभ्रे । अहिलेसम्म पनि फाइबार इन्टरनेटको सुविधाबाट बञ्चित रहेको काभ्रेकाे महाभारत गाउँपालिकामा इन्टरनेट जडान गर्नेगरि गाउँपालिका र इन्टरनेट प्रदायकबीच सम्झौता भएको छ ।

शुक्रबार गाउँपालिकाको कार्यालय देविटारमा महाभारत गाउँपालिका र इन्टरनेट प्रदायक सजिलो नेट प्रालिबीच अबको ६ महिनाभित्रमा सबै मुख्य मुख्य बस्तीहरुमा इन्टरनेट पुर्याउने सहमति भएको हो ।

महाभारत गाउँपालिका र इन्टरनेट प्रदायक संस्था (सजिलो नेटवर्क प्रा.लि.) बीच पालिकाभरका सरकारी कार्यालय, विद्यालयहरु र घरघरमै सर्वसुलभ इन्टरनेट सुविधा लिन सकिने गरि दुईपक्षीय सहमति भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।

गाउँपालिकाको तर्फबाट अध्यक्ष कान्छालाल जिम्बा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, वडा नं.१ का वडा अध्यक्ष कान्छामान जिम्बा, वडा नं.६ का अध्यक्ष रमेशकुमार लुङ्गेली र योजना शाखाका दिनेश बस्नेत र सजिलो नेटवर्क प्रालिका तर्फबाट सिइओ विकास मुडवारी र रोहित थापा मगरले सहमतिमा हस्ताक्षर गरेका हुन् ।

Mahabharat Net Sahamati

July 5, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको