‘संसदलाई दुषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजियो’

काठमाडाैँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई दुषित समाचार सम्प्रेषणको स्रोत बनाउन खोजिएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै बर्तौलाले रास्वपा सांसदहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । केही सांसदहरूले संसदजस्तो गम्भीर स्थानलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्न खोजेको उहाँको आरोप छ । उहाँले संसदभित्र गैरजिम्मेवार अभिव्यक्ति र हावादारी गतिविधिबाट संस्थागत मर्यादामा आघात पुगेको बताउँदै त्यसप्रति गम्भीर हुन संसद र सभामुखको ध्यानाकर्षण गराउनु भयो ।

संसदको गरिमा र मर्यादा जोगाउन सबै सांसद जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।

1752050272 2wdrm

July 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको