काठमाडौं विश्वविद्यालय र इसिमाेडबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यबारे छलफल

काठमाडौं । काठमाडौं विश्व विद्यालयले हालै अन्तर्राष्ट्रिय केन्द्र (International Centre for Integrated Mountain Development) इसिमाेडबाट आएको एक विशिष्ट प्रतिनिधिमण्डललाई स्वागत गरेको छ। उक्त टोलीको नेतृत्व ICIMOD का महानिर्देशक डा. पेमा ग्याम्छोले गर्नुभएको थियो। उहाँसँगै वातावरण तथा जलवायु जोखिम न्यूनीकरणसम्बन्धी वरिष्ठ सल्लाहकार डा. अरुणभक्त श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो।

प्रतिनिधिमण्डलले विश्व विद्यालयका उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेसँग भेट गर्दै नेपाल प्रविधि नवप्रवर्तन केन्द्र (NTIC), अनुसन्धान, विकास तथा नवप्रवर्तन निर्देशनालय (RDI), इन्जिनियरिङ तथा विज्ञान संकायका डिन र प्राध्यापकहरूसँग संयुक्त अनुसन्धान तथा विकासमा सहकार्यका सम्भावनाहरूबारे छलफल गरेका थिए।

छलफलमा जलवायु परिवर्तन तथा वातावरणीय चुनौतीहरूको समाधानका लागि संयुक्त अनुसन्धान, प्रविधि विकास तथा ज्ञान साझेदारी जस्ता विषयमा सहकार्यको सम्भाव्यता प्रमुखरूपमा उठाइएको थियो।

8aeee544 7d41 42b4 A414 Abf40ad487b3

July 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको