सरकारमा आएपछि राजनीति नगरौँ, तोकिएको समयमै राष्ट्रिय खेलकुद हुन्छः प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गर्नका लागि सरकारमा आउनु नहुने बताउनुभएको छ ।

बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा राजनीतिक दलहरु नै आउने तर राजनीति गर्नका लागि आउन नहुने बताउनु भयो । सरकारमा आएपछि राजनीति नभइ शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन लगायतका आवश्यक प्राथमिकताका क्षेत्रहरु छुट्याएर त्यसमै केन्द्रित भइ काम गर्न जरुरी रहेको बताउनु भयो । खेल राजनीति भन्दा बाहिर हुनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले खेलप्रति बजेटबाट माया देखाएको बताउनु भयो । राष्ट्रिय खेलकुदको समय अब पनि सार्नु भनेको लज्जाको विषय हुने बताउनु भयो । अब तोकिएको समय (मंसिर) मा राष्ट्रिय खेलकुदको आयोजना हुने बताउनु भयो । एनपिएलको तयारी गर्न पनि निर्देशन दिनुभयो ।

1752144356 Xljtk

July 10, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको