सुनको मूल्य ३०० ले घट्याे, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लाे दिनको तुलनामा आज सुनको मूल्य ३०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाल सुन एक तोलाको १ लाख ९२ हजार १०० रुपैयाँ कायम भएकोमा आज १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएकाे छ ।

यस्तै चाँदीको मूल्य २ हजार २२० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज ५० रुपैंयाँले बढेकाे हो ।

Gold

July 11, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको