‘एमाले अहिले पनि नौजवान पार्टी हो’

काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरु कहिले पनि पुराना नहुने भन्दै एमाले अहिले पनि नौजवान पार्टी भएको बताउनुभएको छ ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पुराना राजनीतिक दलहरु सकिए र पुराना दलहरुकरो स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ राजनीतिक दलहरु त्यसमा आश गरेर बसिरहेको बताउनु भयो । उहाँले रास्वपा कहिले पुराना दलहरु सकिन्छन् र त्यो ठाउँमा बसौँला भन्ने आशमा रहेको बताउनु भयो । दाबी गरेर मात्रै नयाँ नभइने भन्दै किन नयाँ राजनीतिक दल भन्नेकुरा प्रमाणित गर्न सक्नुपर्ने बताउनु भयो । राजनीतिक दल कहिले पनि पाको नहुने र कहिल्यै नमर्ने भन्दै एमालेले हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको बताउनु भयो ।

सचिव भट्टराईले राजनीतिक दलको कहिले पनि मृत्यु नहुने बताउनु भयो । राजनीतिक दल जहिले पनि पुनःगठित हुँदै जाने बताउनु भयो ।

1752314439 Pg8cr

July 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको