अहिलेको संघीय संरचना भत्काउनुपर्छः अध्यक्ष यादव

काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित प्रणाली नभएसम्म लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेशहरुको संरचना घुमाइ घुमाइ बनाइएको बनाइएको जिकिर गर्नुभयो । उहाँले ८ वटा जिल्ला मात्रै मधेस नभएको बताउनु भयो । उहाँले बाँकी सबै ६ प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुनेगरी बनाइएको बताउनु भयो । यो संरचनागत विभेल भएको जिकिर गर्नुभयो । उहाँले नेपालमा प्रदेशहरुको आकार पहिचान र सामथ्र्यका आधारमा हनुपर्ने बताउनु भयो । उहाँले लोकतन्त्रलाई समावेशी लोकतन्त्र नबनाएसम्म, लैंगिक असमानता र विभेद अन्त्य नगरेसम्म मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि प्राप्त नहुने बताउनु भयो । त्यसैले अहिलेको संघीयता संरचना भत्काउनुपर्ने बताउनु भयो । अहिलेको संरचनामा सबै भाषाहरुलाई समानताका साथ मान्यता नदिइएको, दलित र गैरदलितको भेदभावको अन्त्य गर्न नसक्ने भएकाले अहिलेको संरचना भत्काउन जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष यादवले समानताका आधारमा न्यायोचित वितरण नभएसम्म सामाजिक न्याय सम्भव नरहेको बताउनु भयो । उहाँले समानता र सामाजिक न्याय नभएको ठाउँमा लोकतन्त्रको अर्थ नरहने बताउनु भयो ।

1752319954 4pvqz

July 12, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको