काठमाडौं महानगरपालिकाको बजेट आज सार्वजनिक हुने

काठमाडाैं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्ने भएको छ।

सात महिनापछि गत शुक्रबार दिउँसो बसेको कार्यपालिका बैठकले बजेटको मिति तोकेको थियाे ।

शुक्रबारको बैठक एक मिनेट पनि नचलेर सकिएको थियो । बजेटको मिति घोषणा गरेसँगै प्रमुख बालेन शाहले बैठक समापनको घोषणा गरेका थिए।

राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ।

Bajet

July 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको