आज २९ अंकले बढ्यो नेप्से, कति भयाे काराेबार ?

काठमाडाैं । आइतबार शेयरबजार परिसूचक नेप्से २९ अंकले बढेर २ हजार ७६०.८० विन्दुमा पुगेको छ। योसँगै बजारमा कारोबार पनि बढेको छ। ३ करोड २५ लाख कित्ता बिक्रीपछि बजारमा ११ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको हो।

आज १५८ वटा शेयरको मूल्य बढ्दा ९० वटाको घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। एनआईसी एसिया, खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त, नेस्डो लघुवित्त र समाज लघुवित्तको शेयर क्रमशः ९.९९, ९.९९, ९.६१, ७.३० र ६.५० प्रतिशतले बढेका छन्।

त्यसैगरी हिमालयन हाइड्रोको शेयर ९.९३ प्रतिशतले, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको शेयर ७.३४ प्रतिशतले, भगवती हाइड्रोपावर डेभलपमेन्ट, पञ्चकन्या माई र ङादी ग्रुप पावरको क्रमशः ६.९३, ५.३६ र ४.७१ प्रतिशतले घटेको छ।

कारोबारतर्फ आज एनआईसी एसिया बैंकको ३७ करोड, बुटवल पावर ३२ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सानिमा माई हाइड्रो २५ करोड र सीईडीबी होल्डिंग्सको २४ करोडको कारोबार भएको छ।

Share Circuit Breaker Jzzwh0y1ke

July 13, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको