कैलालीकाे घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली । विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या घटेको छ । यसपटक गर्मीयामको गणनामा हरिहाँसको सङ्ख्या १२६ रहेको नेपाल पंक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष हरिहाँसको सङ्ख्या घटेको डगौराले बताए । अघिल्लो वर्ष हरिहाँसको सङ्ख्या २२५ रहेको थियो ।

डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा नेपाल पंक्षी संरक्षण सङ्घ (बिसिएन) ले असार २४ देखि २६ गतेसम्म घोडाघोडीमा हरिहाँस गणना गरेको थियो । घोडाघोडीको सूचक प्रजाति रहेको हरिहाँसको सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले गणना गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

यो तालमा गर्मी र जाडो गरी वर्षमा दुईपटक हरिहाँसको गणना गरिन्छ । नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा गर्मीयाममा तीन दिनसम्म हरिहाँसको गणना गरिएको हो । डगौराले यो बेला हरिहाँसको ‘ब्रिडिङ सिजन’ रहेकाले जाडोयामको भन्दा कम देखिने गरेको बताए । गर्मीयाममा घोडाघोडीका हरिहाँस ब्रिडिङका लागि विभिन्न सिमसार क्षेत्रमा पुग्ने गरेका छन् ।

गर्मीयामको हरिहाँस गणनामा सन् २०२३ मा २१२, २०२४ मा २२५ र यस पटक १२६ पुगेको छ । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् ।

Harihash In Ghodahghodi

July 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको