सरकारको एक वर्षे कार्यकाल मिश्रितः काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले काँग्रेस–एमाले गठबन्धन सरकारको एक वर्षे कार्यकाल मिश्रित रहेको बताउनुभएको छ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद महतले यस्तो बताउनुभएको हो । स्रोत र साधनको सीमितताको कारण सबै अपेक्षाहरु पूरा हुन नसकेको उहाँको भनाइ छ ।

यद्यपी निजी क्षेत्रलाई चलायमान बनाउन आवश्यक पाँच वटा कानून संसदबाट पारित हुनु सरकारको सफलता भएको उहाँको दाबी छ । उहाँले कानून निर्माणमा सरकारले गति बढाएको भएपनि डेलिभरी दिने कुरामा चुकेको बताउनु भयो । सेवा प्रवाहमा ढिलासुस्ती, झमेला र लेनदेनजस्ता समस्याहरू कायमै रहेको उल्लेख गर्दै यस विषयमा सरकार गम्भीर हुन जरुरी रहेको महतले बताउनु भयो ।

सरकारले आफ्नो संयन्त्र बलियो बनाएर कर्मचारीहरुलाई जनता र देशलाई केन्द्रमा राखेर काम गर्ने वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।

Prakash Sarana Mahat

July 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको