नेपालमा हालसम्म ३ हजार ५ सय ६५ मेगावाट विद्युत उत्पादन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा हालसम्म कुल विद्युत उत्पादन ३ हजार ५ सय ६५ मेगावाट पुगेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा जलविद्युतको कुल सम्भाव्यता करिब ८३ हजार मेगावाट रहेको तथा ६२ हजार मेगावाट आर्थिक तथा प्राविधिकरुपमा उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको उल्लेख गर्नुभयो ।

उहाँले विद्युत उत्पादन क्षमतामा भएको वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइनको विस्तार, निजी तथा विदेशी लगानीकर्ताको सहभागिता र ऊर्जा आपूर्ति प्रणाली सन्तुलित बनाउने प्रयास जारी रहेको पनि बताउनु भयो । उहाँले जलविद्युत उत्पादनमा वृद्धि गर्न सके मुलुकको आर्थिक विकास, क्षेत्रिय ऊर्जा व्यापार र दीगो भविष्यको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

Bijuli Ydovx5yqye

July 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको