प्रधानमन्त्रीलाई गगन थापाको आग्रहः ‘तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस्’

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले गल्ती गरेको होइन भन्ने आँटसमेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने बताउनु भयो ।

बर्खास्त गरेर मात्रै नहुने भन्दै निष्पक्ष छानविन हुनुपर्ने र दोषीउपर कारबाही हुनुपर्ने बताउनु भयो । महामन्त्री थापाले कानून भन्दामाथि कोही पनि नहुने बताउनु भयो ।

Gagan Thapa

July 14, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको