टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेनः प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टिआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक गत भदौ ७ गते पारित गरेको थियो ।

अध्यक्ष दाहालले टिआरसी विधेयक पारित गरेकोमा सरकारलाई धन्यावाद दिएको स्मरण पनि गर्नुभयो । उहाँले सरकारकै क्याबिनेटमा बस्ने मन्त्रीहरूको खुलेआम घुस डिल गरेको अडियो बाहिर आउँदा पनि प्रधानमन्त्रीले एक्शन नलिएको भन्दै आपत्ति जनाउनु भयो ।

अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंग्याउने कुरामा सरकारसँग केही पनि साँठगाँठ नगरेको पनि स्पष्ट पार्नुभयो ।

Dahal

July 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको