सुनकाे मूल्य स्थिर, चाँदीकाे घट्याे

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुन अघिल्लाे दिनकै मूल्यमा काराेबार भइरहेकाे छ ।

साेमबार छापावाल सुन एक तोलाको १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएकोमा आज पनि १ लाख ९३ हजार ३०० रुपैयाँ नै कायम भएकाे छ ।

यस्तै चाँदीको मूल्य भने आज ४० रुपैंयाँले घटेकाे छ । साेमबार २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज भने प्रतिताेला २ हजार २७५ कायम भएकाे छ ।

Gold

July 15, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको