काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएका छन् ।
मन्त्री गुप्ताले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएका हुन् । आर्थिक लेनदेनको प्रकरणमा मुछिएपछि उनीमाथि चौतर्फी आलोचना भइरहेको थियो ।
कर्मचारी सरुवादेखि भूमी आयोगको जिल्ला अध्यक्ष नियुक्तिसम्मका विषयमा लेनदेनका लागि डिल गरिएको अडियो सार्वजनिक भएपछि उनी दबाबमा थिए ।
उक्त अडियो प्रकरणपछि उनले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने भन्दै चौतर्फी आलोचना भएको थियो ।
सत्तापक्षकै शीर्ष नेताहरुले भ्रष्टाचारमा जोडिएको मन्त्रीलाई बर्खास्त नगरेको भन्दै आलोचना गरिरहेका थिए । साथै उनले राजीनामा दिएर मात्र नहुने र छानबिनसमेत गर्नुपर्ने माग सत्तापक्षकै नेताहरुले गरिरहेका छन् ।

July 15, 2025, Jyotishsanchar press

