संसदमा साउन ७ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । प्रतिनिधि सभा बैठकमा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिनुभएको हो ।

प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ। समूह दशमा रहेका सांसदहरूले साउन २ गते दिउँसो १ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउनसमेत सभामुख घिमिरेले आग्रह गर्नुभयो ।

प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्षरुपमा सम्बन्धित विषयमा सांसदहरूले प्रश्न सोध्न सक्नेछन् ।

1752579019 Bzwhk

July 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको