काठमाडौं । पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको बताउनुभएको छ।
मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा मंगलबार गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले मन्त्रिपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट पार्नुभयो । देशलाई के गर्दा निकास मिल्छ, कस्तो काम कुन बेलामा गर्ने भन्ने कुरा छलफलको विषय हुनसक्ने बताउनु भयो । आफूले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रिपरिषदबाट आएको निर्णय कार्यान्वयन गरेको बताउनु भयो ।
२०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्नुभएको थियो । फाउण्डेशनले मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेललाई तोकेको छ । समितिमा ७५ जना सदस्य रहने पनि बताएको छ ।

July 16, 2025, Jyotishsanchar press

