नेप्से ३४.६१ अंकले बढेर बन्द भयाे

काठमाडौँ । आर्थिक २०८१/०८२ को अन्तिम दिन आज शेयर बजार उत्साहजनक बृद्धिसहित बन्द भएको छ । बुधबार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २ हजार ७९४.७८ को विन्दुमा पुगेर बन्द भएको हाे । योसँगै बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब ६९ लाख रुपैयाँ कायम भएको छ ।

बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य बृद्धि भई १४ अर्ब रुपैयाँ नाघेको छ। आज कारोबारमा आएका कुल २४८ कम्पनीमध्ये १९३ वटाको शेयर मूल्य बढेको छ भने ५५ वटाको मूल्य घटेको छ।

आज दिनभरिमा कुल १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँ बराबरका शेयर खरिदबिक्री भए। कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी सबैभन्दा अगाडि रह्यो। सो कम्पनीको ६१ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, राधी जलविद्युत कम्पनीको ५६ करोड ६९ लाख र शिवम् सिमेन्टको ३९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

समग्र बजार र कारोबार बढ्दै गर्दा आज सबैभन्दा धेरै बृद्धि विकास बैंक समूहमा भएको छ । उक्त समूहमा ३.८६ प्रतिशतको वृद्धि भएको हो । ट्रेडिङ समूह भने आज सामान्य अंकले घटेको छ ।

Share

July 16, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको