नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी रहेकाे स्वास्थ्यमन्त्रीकाे भनाइ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्न जरुरी रहेको बताउनुभएको छ।

वीर अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । स्वास्थ्य क्षेत्रमा सुधार भएपनि पूर्णरुपमा सुधार नभएको जिकिर गर्नुभयो । उहाँले आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसालाई सरकारले उपलब्ध गराइदिनुपर्ने बताउनु भयो ।

आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरुको विकास पूर्ण ढंगबाट गर्न नसकेको स्वीकार गर्दै उहाँले पूर्ण ढंगबाट स्वास्थ्य संस्थाहरुको विकास गर्न थप लगानी जरुरी रहेको बताउनु भयो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रबाट राज्य पन्छिन नमिल्ने बताउनु भयो ।

1753699386 Yn5bn

July 28, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको