श्रावण २६ गतेदेखि धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि रेफर सेवा पाइने

धुलिखेल । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि स्वास्थ्य बीमाको बिरामीहरुलाई रेफरसहितको सेवा सुचारु हुने भएकाे छ । श्रावण २६ गतेबाट तत्कालका लागि धुलिखेलका स्थायी र अस्थायी बसोबास गर्ने नागरिकले यो सेवा पाउने भएका हुन् ।

साउन १ गतेदेखि सरकारले ल्याएकाे नयाँ नियमले अन्याेलमा रहेका नागरिकलाई यसले राहात पुग्ने धुलिखेल ८ का वडाध्यक्ष बिनाेद गाैतमले बताए । तत्कालका लागि धुलिखेलवासीले मात्र पाउने सेवालाई विस्तारै बढाउँदै लैजाने नीति रहेकाे उनले बताए ।

स्वास्थ्य बीमा बाेर्डले काभ्रेका ४ प्राथमिक स्वास्थ्य केन्द्र र एउटा अस्पताललाई प्रथम सेवा बिन्दु ताेकेकाे छ । जसमा पनाैतीका २ प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा सुचारु भएकाे भए पनि पाँचखाल र धुलिखेलमा पूर्वाधार र जनशक्ति अभावले सेवा संचालनमा आएकाे थिएन । मेथिनकाेट अस्पतालबाट भने नियमित सेवा संचालन भइरहेकाे बताइएकाे छ ।

Unnamed File.jpg

August 7, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको