सरकार एक्लैले निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन सक्दैनः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले मात्रै निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन नसक्ने बताउनुभएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक रहेको बताउनु भयो । राज्यको लगानी शिक्षा र स्वास्थ्यमा धेरै कम रहेको र धेरै गर्नसक्ने स्थिति पनि नरहेको जिकिर गर्नुभयो । योगदान पुर्याउन सक्ने नागरिकलाई शिक्षा र स्वास्थ्यमा जोड्न जरुरी रहेको बताउनु भयो । शहरी क्षेत्रमा जेनतेन नागरिकले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय ढंगबाट प्राप्त गर्नसक्ने स्थिति बने पनि ग्रामिण क्षेत्रमा भएको विद्यालयमा पढ्नुको विकल्प नरहेको बताउनु भयो ।

मन्त्री पौडेलले ग्रामिण क्षेत्रलाई मध्यनजर गरी शिक्षालय र स्वास्थ्य संस्थाहरु आफ्नै लगानीमा खोल्न जरुरी रहेको बताउनु भयो ।

1754738407 0uzmf

August 9, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको