काठमाडौँ । पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा हुने गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैकिङ कसुर पहिलो नम्बरमा रहेको बताउनु भयो । बुधबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गत आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरु बैकिङ कसुरका मुद्दा दर्ता भएको जानकारी दिनुभयो । गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए ।
उहाँका अनुसार बैकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्या, जबर्जजस्तीकरणी, ज्यान मार्ने उद्याेग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेको उहाँले बताउनुभयो । चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जजस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन् ।
औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार यी १० प्रकारका मूख्य संख्याका अपराधहरुले जम्मा मुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् ।
यस्तै उहाँले काठमाडौं जिल्लामा ८ सय १५ जना प्रहरी दरबन्दी रिक्त रहेको पनि जानकारी दिनुभयो । काठमाडौं जिल्लाको लागि कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ भएपनि हाल ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत रहेको उहाँले बताउनु भयो ।

August 14, 2025, Jyotishsanchar press

